२०७८ चैत २८ गते १६:५८ विकासन्युज
रियलमीले आज नेपालमा नार्जो ५० सार्वजनिक गरेको छ । माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेको उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको साथ गेमिङ उत्साहीहरूको मन जित्ने कम्पनीले जनाएको छ ।
उत्कृष्ट गेमिङ प्रोसेसर प्रस्तुत गर्दै मेडियाटेक हेलियो जि-९६ द्वारा संचालित नार्जो ५० मा विशिष्ट डाइनेमिक र्यामको प्रयोग गरिएको छ । ५० एमपी एआई ट्रिपल क्यामेराका साथ उपलब्ध यो फोनले रातको समयमा उत्कृष्ट र गुणस्तरीय फोटो खिच्छ । साथै रातको शट लिँदा स्पष्ट र चम्किलो विवरणहरु ल्याउँछ । यसमा ५० एमपी ईमेज सेन्सर सहितको प्राईमरी क्यामेरा पनि राखिएको छ ।
यो फोन ४/६४ को २२ हजार ९९९ रुपैयाँ र ६/१२८ को मूल्य नेपाली बजारमा २६ हजार ४९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.