२०७८ चैत ३० गते १३:५१ विकासन्युज
नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्राण्डको आधिकारिक वितरक कम्पनी सारथी इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ बजेट स्मार्टफोन लन्च गरेको छ ।
कम्पनीले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको हो । कम्पनीले नेपाली उपभोक्ताहरुको रुची र मागलाई ध्यानमा राखेर बजेट श्रेणीमा आकर्षक फिचर भएको नयाँ स्मार्टफोन ल्याएको हो ।
यो स्मार्टफोनमा ६.६ इन्चको एचडी प्लस आईपिएस डिस्प्ले राखेको छ । जसमा ५०० नीट्सको ब्राइटनेस रहेको छ । विशेषगरी लामो समयसम्म अनलाइन कक्षा वा गेम खेल्न चाहनेहरुका लागि ध्यानमा राखेर इन्फिनिक्सले स्मार्ट ६ फोनमा पाँच हजार एमएएचको ब्याट्री दिएको छ।
स्मार्ट ६ मोडलमा ८ मेगापिक्सेलको ड्यूल रियर क्यामरा सेटअपका साथमा फिंगरप्रिन्ट तथा फेस अनलकको सुविधा छ । त्यसैगरी सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा भिडियो कलका लागि फ्रन्ट फ्ल्याशलाइटसमेत छ ।
नेपाली बजारमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज अप्सनका साथमा उपलब्ध हुनेछ भने यसको बजार मूल्य १२ हजार ४९० रुपैयाँ तोकिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.