साथीमार्टको १०० औं शाखा सानेपामा, दुई वर्षमै १० अर्बको कारोबार गर्ने लक्ष्य

  २०७९ वैशाख २० गते १७:११     विकासन्युज

काठमाडौ । साथीमार्टले ललितपुरकाे सानेपामा सयौ आउटलेटकाे उद्घाटन गरेको छ ।नेपालको रिटेल चेन इतिहासमा पहिलोपटक साथीमार्टले सयौ आउटलेट सुरु गरेकाे दावी गरेकाे छ ।

मंगलबार आउटलेटको साथीमार्टका ब्रान्ड एम्बेस्डर एवं महानायक राजेश हमालले उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै हमालले साथीमार्ट इनोभेटिभ, सकारात्मक र बिस्वस्नियता भएको कम्पनी भएकाले आफू जोडिएको बताए ।

उक्त सयौं आउटलेट फ्रेन्चाइज नभई कम्पनीको स्वामित्व अन्तर्गतको मोडलमा सुरु गरिएको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सीइओ सागर पोख्रेलले बताए । आउटलेटमा ग्रोसरी, इलेक्ट्रोनिक, कस्मेटिक, होमकेयर, बेबीकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध छन् ।

सानेपा आउटलेटमा घरैमा बसेर पनि सपिङ गर्न सकिन्छ । कम्पनीको आधिकारिक वेबसाइट वा एप स्टोरमा उपलब्ध एप मार्फत अर्डर गर्न सकिने र त्यसकाे नि:शुल्क डेलिभरी हुने सीइओ पाेखरेलले जानकारी दिए ।

तीन वर्षभित्र १० लाखभन्दा बढी युवालाई साथी स्टार्टअप योजना अन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यात समेत गर्ने बताइएको छ ।

२०७८/७९ आर्थिक वर्षमा २ सय करोड (दुई अर्ब) को टर्नओभर गर्ने लक्ष्य राखेको कम्पनीले २०८०/८१ बाट हजार करोडको टर्नओभर लक्ष्य राखेको छ भने आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीको कुल भ्यालुएसन एक अर्ब पुर्‍याउने लक्ष्य राखेको छ जनाएकाे छ ।

साथीमार्टका आउटलेट पुर्वमा झापादेखि पश्चिम कैलाली दार्चुला सम्म फैलिएका छन् । जिरी, सल्यान, अर्घाखाँची लगायतका ग्रामीण भेगमा नेपालका प्राय ठुला सम्पूर्ण सहरमा फैलिएको छ । हाल स्टोर र कम्पनीमा ४ सयभन्दा बढी र अप्रत्यक्ष ३ हजारभन्दा बढी रोजगारी पाएकाे सीइओ पाेखरेलले बताए ।

कम्पनीले विभिन्न खाद्यान्न वस्तुहरू चिया, कफी, दाल, चामल, ध्यु, पिठो, ड्राइफूड, अचार, साबुन, स्याम्पू, हेडवास जस्ता फूड र ननफूड गरी २ सय भन्दा बढी वस्तु आफैं उत्पादन गर्ने चरणमा रहेको पनि बताएकाे छ ।

साथीमार्टले २०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको थियाे ।