माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारमा १० प्रतिशत छुट पाउने

  २०७९ जेठ ६ गते १९:२७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ । बैंकले पोखरामा आन्तरिक पर्यटनको विस्तारमा सेवा पुर्याउने उद्देश्यले अन्नपुर्ण केबुलकार प्रा.लिसँग उक्त व्यवसायिक सम्झौता गरेको हो ।

सो सम्झौतापत्रमा अन्नपुर्ण केबुलकारको तर्फबाट महा प्रबन्धक दिनेश पौडेल तथा बैंकको तर्फबाट शाखा प्रमुख आलोकमान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारबाट टिकेट काँटदा बिलमा १० प्रतिशतसम्म छुट पाउनेछन् । उक्त केबुलकार सुविधा पोखराको सेदीबगरदेखि सारङ्खकोटसम्म रहेको छ । बैंकका ग्राहकले उक्त छुट बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी केबुलकारको बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

अन्नपुर्ण केबुलकार पोखराको पहिलो केबुलकार सुविधा हो जसले सो क्षेत्रको पर्यटन व्यवसायमा विशेष टेवा पुर्याउर्दै आएको छ ।