२०७९ जेठ १० गते १९:३१ विकासन्युज
काठमाडौं । कामना सेवा विकास बैंकले ११औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको कावसोती नगरपालिका वडा नं. ११ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले उक्त शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ मोबाइल एपबाटै गरेको हो । वडा नं. ११ का वडा अध्यक्ष शारदा प्रसाद अधिकारीले उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेकी हुन् ।
कावसोती न.पा. वडा नं. ११, कुडौली स्थित गुरौ किराना पसल (प्रो. हेमराज गुरौ) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
शाखारहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ विभिन्न स्थानहरूमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.