२०७९ जेठ १८ गते १०:२९ विकासन्युज
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्गको पथरी शाखा र सुनसरीको इनरुवा शाखा सञ्चालन ल्याएको हो ।
जसमध्ये पथरी शाखाको उद्घाटन सो शाखाका संचालक मनबहादुर राई र पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले संयुक्त रुपमा गरेका छन् । त्यस्तै, इनरुवा शाखाको उद्घाटन सो शाखाका संचालक अभिषेक बर्जचार्य र इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
२०७८ चैत मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी ८९ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । र, १ अर्ब बढी रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । थप दुई शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १४६ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.