कामना सेवा विकास बैंकले सञ्चालनमा ल्यायो १५औं शाखारहित बैंकिङ्ग सेवा

  २०७९ असार ५ गते १९:०४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले १५औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको हो ।

बैंकले असार ५ गते आइतबारबाट नवलपरासी जिल्लाको कावासोती न.पा वडा नं ७ साँढमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै कावासोती न.पा वडा नं ७ वडा अध्यक्ष गोविन्द प्रसाद महतोले उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् ।

साँढमा बस्ने भीमा भुर्तेललाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

कार्यक्रममा कावसोती न.पा वडा नं ७ का वडा सदस्य रुद्र बहादुर बस्नेत, पुर्व वडा सदस्य विष्णुप्रसाद काफ्ले र साहित्यकार सदानन्द जैसी लगायत बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयको उपस्थिती रहेको थियो ।

शाखारहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।