महिन्द्राको टुएस डिलर काठमाडौंको मनमैंजुमा

  २०७९ असार १२ गते १९:१६     विकासन्युज

काठमाडौं । महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नी समूहले काठमाडौंकोे मनमैंजुमा टुएस डिलरको उद्घाटन गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ उक्त स्थानमा नयाँ टुएस डिलरको उद्घाटन सम्पन्न गरेको हो ।

उक्त एम एण्ड ए अटोमोबाइल्सको उद्घाटन असार १२ गते एम एण्ड एमका अन्तर्राष्ट्रिय अपरेसन्स् प्रमुख-एडी जोयदिप मोइत्रा र अग्नी समूहका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले गरेका हुन् ।

यससँगै यो डिलरबाट महिन्द्रा फोर-व्हिलरका सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ‘यस नयाँ डिलरको उद्घाटन हाम्रो नेटवर्क विस्तारको अर्को एक कदम हो,’ बालाजु अटो वर्कस्का प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले बताए ।

यस सर्भिस सेन्टरले सबै महिन्द्रा अटोमोबाइल्स जस्तै स्कर्पियो, बोलेरो पिकअप, एक्सयुभी ५००, टियुभी ३००, केयुभी १००, थार, आदिका ग्राहकहरुको लागि सेवा र जेन्युन स्पेयर पार्टस्को सुविधा प्रदान गर्नेछ ।