एनआईसी एशियाको एपबाट एयरलाइन टिकट बुक गर्दा २० प्रतिशत नगद फिर्ता पाइने

  २०७९ असार १२ गते १९:२८     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत एयरलाइन टिकट बुक गर्दा २० प्रतिशत नगद फिर्ता पाउने भएका छन् । बैंकले आइतबार मात्रै सो योजना सार्वजनिक गरेको हो ।

यससँगै ग्राहकले विभिन्न एयरलाइनको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यास व्याक पाउने छन् । यो योजना असार १२ गतेदखि असार १८ गतेसम्म मात्र लागू हुने छ । जसमा बैंकका ग्राहकले एनआईसी एशिया मोबैंक प्रयोग गरी टिकट बुकिङ तथा खरिद गर्न सक्नेछन् । उक्त एपमार्फत टिकट बुकिङमा ग्राहकले पहिलो टिकट बुकिङमा ५ सय रुपैयाँ र दोश्रो पटकबाट एक सय रुपैयाँसम्म क्यास व्याक पाउने छन् ।

बैंकले हाल ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।