२०७९ असार १२ गते २०:१० विकासन्युज
काठमाडौं । सनराइज बैंकले बर्दिबासका ५० जना विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामग्री वितरण गरेको छ ।
बैंकको बर्दिबास शाखाले बर्दिबास नगरपालिका वडा नं. २ स्थित जनता उच्च माध्यमिक विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत ५० जना गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई स्कूल ब्याग लगायतका विविध शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
उक्त सामाग्री बैंकको मधेश प्रदेश प्रमुख दिपक पण्डित र बैंकका बर्दिबास शाखा प्रमुख खड्ग बहादुर सिंहले संयुक्त रुपमा वितरण गरेका हुन् । बैंकले विद्यार्थीहरुलाई विद्यालय आउन प्रेरित गर्न र उनीहरुको शिक्षामा साथ दिने उद्देश्य अनुरुप उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक दिलीप कुमार तिवारीले आगामी दिनहरुमा बैंकसंग सहकार्य गरी विद्यार्थीहरुका लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गरिने योजना रहेको समेत जानकारी गरे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.