२०७९ असार १३ गते १८:४९ विकासन्युज
काठमाडौं । कामना सेवा विकास बैंकले कपिलवस्तुको पथरकोटमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले असार १३ गतेबाट कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. ०१ को पथरकोटमा १७औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
बैंकले पथरकोटस्थित इन्द्र जनरल स्टोर्स् (प्रो. इन्द्र मणि बेलबासे) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ । वडा नं. ०१ का वडा अध्यक्ष तिलक बहादुर बस्नेतले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।
शाखा रहित बैंकिङ्ग मार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.