२०७९ असार १५ गते १२:३० विकासन्युज
काठमाडौैं । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आफूले दाबी गरेको बीमाको रकम सोधभर्ना पठाउने भन्दै बीमा बोर्डले पत्राचार गरेपछि अस्पतालले बीमा कार्यक्रमलाई निरन्तरता दिने निर्णयमा पुगेको हो ।
अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले एक विज्ञप्ती जारी गर्दै स्वास्थ्य बीमालाई निरन्तरता दिने निर्णय भएको जानकारी दिए । अस्पतालले यसअघि गत असार ३ गते एक विज्ञप्ती मार्फत असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने घोषणा गरेको थियो ।
स्वास्थ्य बीमा बोर्डले दावी वापतको रकम नदिएको भन्दै अस्पताल उक्त कार्यक्रम बन्द गर्ने मनसायमा पुगेको थियो । तर, स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सम्बन्धी समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने भन्दै असार १४ गते अस्पताललाई पत्राचार गरेपछि अस्पताल आफ्नो निर्णयबाट पछि हटेको हो । साथै, बोर्डले चिकित्सकहरुसँग छलफल गरी समस्या समाधानका प्रक्रियाहरु अघि बढाइसकेको पनि जानकारी गराएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.