आइएमई जनरल इन्स्योरेन्सका कर्मचारीले काठमाडौं प्याथ ल्याबमा छुट पाउने

  २०७९ असार १६ गते १४:५८     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौँ प्याथ ल्याब तथा डाग्नोस्टिक सेन्टरबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुले उक्त ल्याबमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त हुनेछ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकमहानुभावहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

यस्तै उक्त ल्याबका कर्मचारी तथा लगानीकर्ताले आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहर इन्स्योरेन्सबाट सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याब तथा डाग्नोस्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका हुन ।