२०७९ असार १६ गते १७:५८ विकासन्युज
काठमाडौं । लुम्बिनी विकास बैंकले खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत नमोबुद्ध नपा ७ काभ्रेमा रहेको भकुण्डेवेश्ाि खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सहयोग गरेको हो ।
बैंकले सहयोग स्वरुपमा उक्त समितिलाई ११ (एघार) थान कुर्सी र १ (एक) थान टेबुल हस्तान्तरण गरेको हो ।
बैंकको भकुण्डेवेश्ाि शाखा कार्यालयका प्रमुख विनोद गिरीले संस्थाका अध्यक्ष उद्घव प्रसाद हुमागाँईलाई उक्त सामान हस्तान्तरण गरेका हुन् ।
बैंकले हाल ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत बैंकिङ कारोबार गर्दै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.