२०७९ असार १७ गते १३:५४ विकासन्युज
काठमाडौं । सानिमा बैंकले काठमाडौंको नेपालटारमा पनि सेवा विस्तार गरेको छ । उक्त विस्तारित शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र बैंकका संचालक गायत्री थापाले असार १७ गते संयुक्त रुपमा गरेका हुन् ।
उद्घाटन् समारोहमा कलाकार श्रेष्ठ र बैंकका संचालक थापाले सानिमा बैंक सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना दिए ।
त्यसैगरी, उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले बैंकको सेवालाई थप विस्तार गर्दै लैजाने बताए । हाल बैंकको देशका सातै प्रदेशमा १२७ कार्यालय र ११८ वटा एटीएम संचालनमा रहेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.