२०७९ असार १९ गते १५:०८ विकासन्युज
काठमाडौं । दैनिक २४ सय नेपालीले राहदानीको लागि आवदेन गर्ने गरेको राहदानी विभागले जनाएको छ ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले अहिले विभागमा दैनिक रुपमा २४ सय जनाले राहदानीको लागि आवेदन गर्ने गरेको र ५ हजारभन्दा बढी सेवाग्राहीलाई विभागले सेवा प्रदान गर्ने गरेको बताएको छ ।
साथै विभागले अहिले दैनिक ६ हजार ५ सय राहदानी उत्पादन गरेर वितरणको व्यवस्था मिलाएको जनाएको छ ।
उपत्यका बाहिरकाले अब १० देखि १५ दिनमा राहदानी पाउने
उपत्यका बाहिरका राहदानी आवेदकहरुले अब १० देखि १५ दिनमा राहदानी पाउने भएका छन् । जिल्लाहरुबाट आवेदन भएकाहरुलाई प्रत्येक हप्ता छपाई गरी पठाउने व्यवस्था मिलाएकोले उपत्यका र काभ्रे जिल्लाका आवेदकहरुले १ हप्तामा र अन्य जिल्लाका आवेदकहरुले १० देखि १५ दिनमा राहदानी प्राप्त गर्ने विभागले जनाएको छ ।
त्यस्तै विभागले प्रत्येक दिन २४ सय जनाले वेबसाइटबाट आवेदन फारम भर्न सक्ने, १ देखि ४ दिनमा बुझाउन सक्ने र त्यसको २ दिनमा राहदानी प्राप्त गर्न सक्ने जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.