२०७९ असार २४ गते १९:३४ विकासन्युज
काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपाल सरकारले शनिबार राष्ट्रिय शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।
‘मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको नेपाल सरकार घोर भर्त्सना गर्दछ, उहाँको निधनप्रति गहिरो दुःख प्रकट गर्दै जापान सरकार, जापानी जनता र स्वर्गीय आबेको परिवारजनप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ। नेपाल सरकारले स्वर्गीय आबेको सम्मानमा मिति २०७९ असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ’, मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ।
आबेको गोली प्रहार गरी हत्या भएको निधन भएको हाे । चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।
जापानकाे इतिहासमा लामाे समय प्रधानमन्त्री रहेका शिन्जाेले स्वास्थ्यको २०२० मा कारण देखाउँदै पदत्याग गर्ने घोषणा गरेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.