२०७९ असार २८ गते १२:४९ विकासन्युज
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था शाखा कार्यालय धार्के धादिङले गरिब तथा जेहेन्दार छात्र छात्रालाई पाठ्य सामाग्री वितरण गरेको छ । संस्थाले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा असार २७ गते श्री बराह देबी प्रथामिक विद्यालयलाई उक्त सामागी वितरण गरेको हो ।
धादिङको धुनीबेशी ९ टायलघरमा रहेको उक्त विद्यालयका ३५ जना विद्यार्थीमध्ये ५ जना गरिब तथा जेहेन्दार छात्र छात्रालाई पाठ्य सामाग्री वितरण गरिएको हो ।
कार्यक्रममा शाखा कार्यालय धार्के धादिङको शाखा प्रमुखले विद्यार्थीहरुलाई अनिवार्य विद्यालय उपस्थिती हुन तथा विद्यार्थी उत्प्रेरणको उदेश्यले सो कार्यक्रम आयोजना गरेको बताए ।
त्यस्तै, निज विद्यालयको प्रद्यानाद्यापक हसना भण्डारीले संस्थालाई धन्यवाद दिदै आगामी वर्ष पनि यस्तै कार्यकम ल्याउन आग्रह गरेका छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.