एनआईसी एशिया बैंकमा अब खातामा पैसा सिधै मेसिनबाट जम्मा गर्न सकिने

  २०७९ असार २८ गते १७:०३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले क्यास रिसाइक्लर सेवाको शुभारम्भ गरेको छ । यस सेवा मार्फत अब ग्राहकहरूले सहज रुपमा नगद रकम सोझै मेसिनबाट बैंक खातामा जम्मा गर्न सक्नेछन् ।

यस मेसिनबाट १,००० र ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहकको खातामा दैनिक अधिकतम ९९ हजार ५०० रुपैयाँसम्म नगद जम्मा गर्न सकिने सीमा रहेको बैंकले जनाएको छ ।

यस नयाँ सेवाबाट नगद जम्मा गर्नका लागि ग्राहकले क्यास रिसाइक्लर मेसिनमा डेबिट कार्ड राखेर एटिएम पिन कोड राखेपछि वा खाता नम्बर उल्लेख गरेपछि मेसिनमा रहेको रकम जम्मा गर्नेरराख्ने बक्स खुल्नेछ । उक्त बक्समा आफुले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल सहज रुपमा मौज्दात गरिदिने र त्यसको जानकारी समेत ग्राहकहरूले एसएमएस तथा रिसिप्ट मार्फत प्राप्त गर्ने व्यवस्था बैंकले गरेको छ ।

बैंकले यो सेवा हालको लागि आफ्नो कर्पोरेट अफिस शाखा, थापाथलीमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको जनाएको छ ।

साथै, यस क्यास रिसाइक्लर मेसिनबाट ग्राहकहरूले दैनिक रुपमा एटिएम मेसिनबाट झै सरल रुपमा नगद झिक्न समेत सक्ने व्यवस्था रहेको छ ।

यस बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.