ग्लोबल आइएमई लघुवित्तले गरिब विद्यार्थीहरुलाई दियो १५ लाखको छात्रवृत्ति 

  २०७९ असार २९ गते १२:३०     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो ५० वटा शाखा कार्यालयबाट छात्रवृत्ति वितरण कार्यक्रम सञ्चालन गरेको छ । असार २६ गते संस्थाको शाखाहरुमा छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको विभागीय प्रमुख सुदिप आचार्यले जानकारी दिएका छन् ।

कार्यक्रममा ५० वटै शाखामा उत्कृष्ट अंक ल्याई वार्षिक परीक्षा उत्तीर्ण गर्ने जहेन्दार विधार्थीलाई ३० हजारका दरले जम्मा १५ लाख छात्रवृत्ति प्रदान गरिएको उनले जानकारी दिए ।

संस्थाले ग्राहक संरक्षण कार्यक्रम मार्फत सदस्यका छोरा छोरीहरु तथा गरिब जेहन्दार विद्यार्थीको शिक्षालाई प्रोत्साहित गर्न यस किसिमका कार्यक्रम सञ्चालन गर्दै आइरहेको आचार्यले बताए ।

संस्थाको मुख्य व्यवसाय अधिकृत यतिराज पौडेलका अनुसार हाल यस संस्थाको ११९ वटा शाखा कार्यालयमा १ लाख ४७ हजारभन्दा बढि सदस्य तथा ऋणी ७५ हजार ५ सयभन्दा बढि रहेका छन् भने ८ अर्ब ५० करोड कर्जा लगानी रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.