चन्द्रागिरीको केबलकार बेलुकी ९ बजेसम्म चढ्न पाइने

  २०७९ असार ३० गते ९:४२     विकासन्युज

काठमाडौं । अबदेखि चन्द्रागिरी जाने केबलकार बेलुकी ९ बजेसम्म चढ्न पाइने भएको छ । चन्द्रागिरी घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटकले बिहान ८ बजेदेखि बेलुकी ९ बजेसम्म केबलकार चढ्न पाउने भएका हुन् ।

चन्द्रागिरी हिल्सले २०७९ साउन १ गतेदेखि लागू हुने गरी उक्त सेवा दिन लागेको हो ।

साथै, दैनिक मध्यान्ह १२ बजेदेखि १ बजेसम्म र साँझ ५ः३० बजेदेखि ६ः१५ सम्म भने केबलकार बन्द अर्थात बिश्राम हुने कम्पनीले जानकारी गराएको छ ।