आइएमई पेबाट उडान टिकट काट्दा क्यासब्याकसँगै बोनस पनि पाइने

  २०७९ साउन १० गते ११:२७     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवद्धित ‘आइएमई पे’ ले हवाई उडान टिकटमा पुनः बोनस अफर ल्याएको छ । आईएमई पेले साउन ४ गतेदेखि लागू हुने गरी उक्त अफर ल्याएको हो ।

यससँगै, आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त २ सय रुपैयाँ बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र यो स्किममा सहभागी हुन सक्नेछन् ।

आइएमई पेको बारेमाः

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।