२०७९ भदौ १४ गते १६:१२ विकासन्युज
एजेन्सी । चीनले ६१ वर्षयताकै सबैभन्दा खराब खडेरी भोगिरहेको छ । १ सय ६५ वटा सहरहरूमा उच्चगर्मीका कारण सतर्क रहन गरिएको छ। मध्य र दक्षिणी चीनका करिब २५ सहरमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । कृत्रिम रुपमा गराइएको वर्षाका कारण सिचुवान र चुङचिङ प्रान्तका १५ सहरमा बाढी र पहिरोको जोखिम बढेको छ । बढ्दो तापक्रम र खडेरीसँग जुध्न दुई प्रान्तमा क्लाउड सिडिङमार्फत कृत्रिम वर्षा गराइएको हो । यी सहरबाट एक लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।
हाइड्रो प्लान्ट बन्द, टेस्ला–टोयोटाको काम ठप्प
जलविद्युत आयोजना बन्द हुँदा विद्युत् अभाव भएको छ । सिचुआन सहरमा रहेको फक्सकन, टेस्ला र टोयोटा जस्ता कम्पनीका प्लान्टहरू विगत १५ दिनदेखि बन्द रहेका छन्। गत वर्षको तुलनामा जुलाई–अगस्टमा चीनमा ४० प्रतिशत कम वर्षा भएको थियो । ४० करोड मानिसको जीवन रेखाको रुपमा रहेको याङजी नदी सुकेको छ । चीनका सिचुआनसहित ६ प्रान्तमा २२ लाख हेक्टर क्षेत्रफलमा लगाइएको बाली सुकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.