टाट पल्टिए अनिल अम्बानी, रिलायन्स क्यापिटल बेच्दै

  २०७९ भदौ १५ गते १८:२७     विकासन्युज

काठमाडौं । कुनै दिन विश्वका धनाड्यहरुको सूचीमा छैटौं नम्बरमा स्थान ओगेटेका अनिल अम्बानी अहिले टाट पल्टिने अवस्थामा पुगेकका छन् । सन् २००८ मा फोर्ब्सले प्रकाशित गर्ने विश्वभरका धनाढ्यहरुको सूचीमा छैटौं स्थान ओगटेका अनिल अहिले टाट पल्टिने अवस्थामा पुगेका हुन् ।

सन् २००८ मा उनीसँग ४२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति थियो । तर, अहिले उनी आफुसँग भएको सम्पत्ति बेच्न लागेका छन् । अनिल अम्बानीले नेतृत्व गरेको रिलायन्स गु्रुपको रिलायन्स क्यापिटल अहिले बिक्रीको प्रक्रियामा छ ।

अहिले अम्बानी ऋणमा डुबेका छन् । उनले रिलायन्स क्यापिटल बिक्री गर्नका लागि आशयपत्र पनि माग गरेका छन् । त्यसका लागि ४ कम्पनीले इच्छा पनि प्रकट गरेका छन् । अनिलले रिलायन्स कम्युनिकेसन्स, रिलायन्स क्यापिटल, रिलायन्स इनर्जी र रिलायन्स नेचुरल रिसोर्सेज लिमिटेडको नेतृत्व गरिरहेका छन् । त्यसमध्ये रिलायन्स क्यापिटललाई उनले बिक्री गर्न लागेका हुन् ।

रिलायनस खरिदका लागि इन्डसइन्ड बैंक, अमेरिकी सम्पत्ति व्यवस्थापन कम्पनी टारेन्ट समूह र बीराइट समुहले खरिदका लागि आशय पत्र पेश गरेका छन् ।