प्रभु बैंकका ग्राहकलाई जनकपुरको बाबा फुड्समा विशेष छुट

  २०७९ भदौ २१ गते १८:४१     विकासन्युज

काठमाडौं । प्रभु बैंक र जनकपुरस्थित बाबा फुड्स एण्ड रेस्ट्रो प्रा. लिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रदेश २ का मुख्य व्यवसाय केन्द्र अधिकारी भुषणप्रसाद गुप्ता र बाबा फुड्स एण्ड रेस्ट्रोको तर्फबाट प्रबन्ध निर्देशक बिशाल साहले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले बाबा फुड्स एण्ड रेस्ट्रोद्धारा सञ्चालित “फुड” र ‘वेभरेज’ सेवामा ७ प्रतिशत छुट पाउने छन् ।

सो रेष्ट्रोमा सुविधा लिन चाहने ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा उक्त सेवाहरुमा छुट पाइने छ ।