एनएमबि बैंकका नायब महाप्रबन्धक उपाध्याय र घिमिरे डीसीईओमा बढुवा
२०७९ असोज ४ गते १०:२४ विकासन्युज
काठमाडौं । एनएमबि बैंकका दुई नायब महाप्रबन्धकहरु नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा बढुवा भएका छन् । नायब महाप्रबन्धक सुदेश उपाध्याय र गोविन्द घिमिरे सो पदमा बढुवा भएका हुन् ।
भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । जुन आगामी असोज ११ गतेदेखि लागू हुने छ ।