पठाओमा फुड डेलिभरी गर्ने साइकल चालकले महिनाको ५०/६० हजार कमाउँछन् : सुरक्षा हमाल

  २०७९ कार्तिक ६ गते १५:५०     विकासन्युज

२५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले हालै चौथौं वार्षिकोत्सव मनायो । प्रविधिको विकासले दैनिक हजारौंलाई प्रत्यक्ष सेवा दिईरहेको पठाओले छोटो समयमा नै ब्राण्ड नै बन्न सफल भएको छ । उपत्यकामा लोकप्रिय बनेको पठाओले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । नेपाल प्रवेशदेखि लिएर कम्पनीको आगामी योजनाका विषयमा पठाओकी सिनियर मार्केटिङ म्यानेजर सुरक्षा हमालसँग विकासन्युजका लागि सन्तोष रोकाया र सीआर भण्डारीले कुराकानी गरेका छन् ।

पठाओले कसरी काम गरिरहेको छ ?

हामीले पठाओ एप्स सञ्चालन गरेको छौं । त्यो एपबाट कुनै पनि मान्छेले बुक गरेर एक ठाउँबाट अर्को ठाउँ जान सक्छन् । हामीले मोटरबाइक राइड सेयरिङबाट सेवा सुरु गरेका हौं । त्यसपछि हामीले ट्याक्सीमा पनि यो सुरु गर्यौ । त्यसपछि फुड डेलिभरी सेवा थालेका छौं । राइड सेयरिङमा कुनै पनि सेवाग्राहीले आफूलाई जानुपर्ने ठाउँमा बुक गर्नुपर्छ । त्यो रिक्वेस्ट राइडरलाई जान्छ । राइडरले एसेप्ट गरेर पिकअप गर्छ । सेवाग्राहीलाई कहाँ जानुपर्ने हो त्यहि ठाउँमा पुर्याइदिनुहुन्छ । त्यो बापत सेवाग्राहीले एपमा देखाए वापतको फिक्स्ड रकम राइडरलाई पे गर्नुहुन्छ । राइडरले हामीलाई कमिसन पे गर्नु हुन्छ । बाइकमा २० प्रतिशत र ट्याक्सीमा ५० प्रतिशत कमिसन लाग्छ ।

छोटो समयमा नै पठाओ सेवा चर्चित भयो, कसरी ?

यो अमेरिकन कम्पनी हो । विदेशबाट फण्डेड कम्पनी हो । यो एफडीआइ नै हो । नेपालमा यसको इतिहास छोटो भए पनि विदेशमा यो सेवा सञ्चालनमा आएको धेरै वर्ष भयो । पठाओको सेवा उत्कृष्ट छ । चौथौ वार्षिकोत्सवको अवसरमा पठाओ सेवा चितवनमा पनि विस्तार गरेका छौं । काठमाडौंमा हामीले बाइक, ट्याक्सी, फुड र बजार सुरु गरिसकेका छौं । चितवनमा बाइक र टुकटुकबाट पठाओ सेवा सुरु गरिएको छ । चितवनमा पनि राम्रो भइरहेको छ । सेवाग्राहीले खुसी व्यक्त गरेका छन् ।

चितवनमा टुकटुक ९तीन पांग्रे अटो० पहिलादेखि नै चल्दै आएको थियो ।सेवाग्राहीहरुले टुकटुकलाई एपबाट बोलाउन सक्नुहुन्छ । चालकले पनि एपबाट नै रिक्वेस्ट एसेप्ट गरेर एक ठाउँबाट अर्को ठाउँ पुर्याउनुहुन्छ ।

सुरु–सुरुमा राइड सेयरिङमा अपरिचित मान्छेको गाडीमा बस्न अफ्ठ्यारो लाग्छ । तर हामीले कुनै अफ्ठ्यारो नमानिकन सुरक्षित हुन्छ भनेर प्रमोट गरिरहेका छौं । सबै राइडरको पुरा विवरण हामीले सिस्टममा राखेको हुन्छौं । सबै राइडरलाई ट्रयाक गरिरहेका हुन्छौं । सबै जना राइडरले ट्रेनिङ लिएका हुन्छन् । उनीहरुलाई सबै कुराहरुको जाँच गरेर नै हामीले भेरिफाइड गरेका हुन्छौं ।

राइडको दौरानमा आफ्नो साथीभाईलाई आफू कहाँ छौ भने लाइभ गर्न पनि सकिन्छ । केही भएको खण्डमा सपोर्टका लागि २४ सै घण्टा कल सेन्टरको पनि व्यवस्था मिलाइएको छ । हामीले इन्स्योरेन्स पनि गरिदिएका छौं । राइड सेयरिङको लागि उच्च रकमको इन्स्योरेन्स कभर दिएका छौं । जसमा मेडिकल इन्स्योरेन्स १ लाख रुपैयाँको छ । मृत्यु भएको केसमा १० लाख रुपैयाँसम्मको छ । राइडरले १० लाख र सेवाग्राहीले १० लाख रुपैयाँ पाउँछन् । यी कुराहरुलाई हामी प्रचार पसार गर्नुपर्नेछ ।

अपरिचित ब्यक्तिसँग बाइकमा सवार गर्नु नेपाली समाजको लागि गाह्रो कुरा हो, यो किसिमको सचेतना कसरी गरिरहनु भएको छ ?

पठाओ आउनु भन्दा अघि एक दुइटा राइड सेयरिङ सञ्चालनमा थिए । ४ वर्षअघि सुरु गर्दा लोकल एपहरु मात्रै थिए । सुरुमा अपरिचित व्यक्तिसँग बाइकमा बस्न गाह्रो नै हुन्छ । कुनै परिचित मान्छेको पछाडी बसेर आफ्नो गन्तव्य पुग्न सकिन्छ भन्ने अवस्था थिएन । तर, हामीले ग्राहकलाई त्यो किसिमको अनुभव दिएर कन्फिडेन्स लेभल बढायौं । उहाँहरुलाई एक किसिमको सहजता दियौं । अपरिचित व्यक्तिको पछाडी बस्दा कति सुरक्षित छ भनेर शिक्षा दियौं ।

अहिले राइड सेयर भनेपछि लाइफस्टाइल नै भएको छ । लाखौं ग्राहकले हाम्रो सेवालाई सहज र सुरक्षित मान्नु भएको छ । कतिपय मान्छेलाई गन्तव्यमा छिटो पुग्ने, एप थ्रु बुक गरेर एउटा ठाउँबाट अर्को ठाउँ जाँदा दिइने सुरक्षाका कारण अहिले सबैको मन मस्तिस्कमा पठाओ बसिसकेको छ ।

पठाओको राइडर र सेवाग्राही कति छन् ?

पठाओ एप ३५ लाखभन्दा बढीले डाउनलोड गर्नु भएको छ । अहिले काठमाडौंमा मात्रै संचालन भएको हुनाले यो तथ्याङ्क काठमाडौंको मात्रै हो । राइडहरु मात्रै डेढ लाख बढी छन् । जसमा बाइक राइडर १ लाख ३० हजार हुनुहुन्छ । काठमाडौंमा भएका ५० प्रतिशत ट्याक्सी हामीसँग आवद्ध हुनु भएको छ ।

पठाओ आउनुभन्दा अघि टुटल आएको थियो तर टुटुलको भन्दा मार्केट बढी पठाओको छ, यो कसरी सम्भव भयो ?

टुटल लोकल कम्पनी हो भने पठाओ अन्तर्राष्ट्रिय कम्पनी हो । तर लोकल कम्पनी र अन्तर्राष्ट्रिय कम्पनीले ग्राहकलाई खासै फरक पार्दैन । किनभने उहाँहरु चढ्ने बाइक र राइडर उही हो । जाने गन्तव्य पनि त्यहि नै हो । केही फरक छैन । उहाँको एक्सपेरियन्स फरक छ । हामीले एपको इन्टरन फेजदेखि लिएर राइडरलाई ट्रेन गरेका छौं ।

राइडरले यत्तिकै राइड गर्न पाउनु हुन्न । हामीले राइडरलाई एक घण्टाको ट्रेनिङ दिएका छौं । उहाँहरुलाई सपोर्टका लागि इन्स्योरेन्स लगायत अन्य सुविधाले ग्राहकको मन जित्न सफल भयौं । ग्राहकका लागि अन्य क्षेत्रमा लोकल कम्पनीसँग ठूलो प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यी सबै कुराले गर्दा हामीले मार्केट सेयर क्याप्चर गर्न सफल भएका हौं ।

यो फ्रेसर इण्डष्ट्रि पनि भयो । हाम्रो त कुनै गुड्स छैन । यहि सर्भिसलाई कसरी राम्रो बनाउन भन्ने मात्रै हो । सेवाग्राहीलाई एप चलाउन सजिलो बनाउने, टेक गर्न सजिलो बनाउने लगायतका काम गर्यौ । एपलाई जुनसुकै वर्गको मान्छेले पनि चलाउन सक्ने बनाएका छौं । एक्सपेरियन्स इन्टायर हुनुपर्यो । राइडरलाई सुरक्षाको कुराहरु पनि हुनुपर्छ । राइडरलाई ट्रेन गर्नेदेखि लिएर इन्स्योरेन्स सपोर्ट सबै कुराहरु भएकाले पनि हामी अगाडी आउन सफल भयौं ।

राइडरहरुलाई कस्तो खालको तालिम दिनुहुन्छ ?

एप कसरी चलाउने, रोड सेफ्टिदेखि लिएर सेवाग्राहीसँग कस्तो व्यवहार गर्ने, उहाँमा भएका ह्यारेसमेन्टका कुराहरु सस्पेन्ड गरिन्छ । के कुरा गर्न हुन्छ के कुरा गर्न हुन्न रु भन्ने सबै सिकाउँछौं । पहिलामा फिजिकल कक्षा दिने गरेका थियौं । अफिसमा बोलाएर दिनमा ४ वटा सेसनमा कक्षा हुन्थ्यो । कोरोनापछि भने अनलाइन कक्षा दिइरहेका छौं ।

कुनै एउटा व्यक्ति पठाओको राइडर बन्न के गर्नु पर्छ ?

राइडर बन्न धेरै असहज छैन । आफ्नो ब्लुबुक र लाइसेन्स लिएर आउने हो । ट्रेनिङ लिनुपर्छ । अहिले दुई हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । त्यसमा उहाँहरुले जति अमाउन्ट शुल्क दिनुहुन्छ त्यति रकमको रिक्वेस्ट दिइरहेका छौं । त्यो रिक्वेस्टबाट उहाँहरुले त्यो रकम फिर्ता लिनुहुन्छ ।

अहिले बजारमा इनड्राइभर कडा प्रतिस्पर्धीको रुपमा आएको छ, यसलाई तपाईंले कसरी लिनु भएको छ ?

कुनै पनि इण्डष्ट्रिमा प्रतिस्पर्धी आउनु राम्रो हो । प्रतिस्पर्धी आयो भने इण्डष्ट्रि नै ग्रोथ हुन्छ । हामीलाई पनि कोही प्रतिस्पर्धी आयो भने अझै नयाँ नयाँ कुराहरु सोच्ने अवसर मिल्छ । केही नयाँ काम गर्ने सोच हुन्छ । एउटा कम्पनी भयो भने बजारमा मोनोपोली हुन्छ । आफ्नो मोनोपोली भयो भने मजा पनि आउँदैन । कुनै पनि इण्डष्ट्रिमा मुख्य २र३ वटा प्रतिस्पर्धी हुन्छन् । सबैको आआफ्नो मुख्य युनिक प्वाइन्ट हुन्छ ।

प्रतिस्पर्धी आउँदैमा खासै फरक पर्दैन । इण्डष्ट्रि अझै ग्रोथ हुन्छ । उहाँहरुले पनि आफ्नो मार्केटिङ गर्नुहुन्छ । राइड सेयरिङको बारेमा थाहा नभएको मान्छेले थाहा पाउनुहुन्छ । सबै जनासँगै मिलेर इण्डष्ट्रि ग्रोथ गर्ने हो । राइड सेयरिङदेखि लिएर फुड डेलिभरिमा अहिले पनि ३र४ वटा संचालनमा छन् । सबैको आआफ्नो मार्केट सेयर छ । सबैको आफ्नै युनिक प्वाइन्ट छ । सबै जना मिलेर एउटा फुड डेलिभरि इण्डष्ट्रिलाई ग्रोथ भएको छ । हामी प्रतिस्पर्धीलाई स्वागत नै गर्छौ ।

प्रतिस्पर्धी नै भन्ने हो भने पनि इनड्राइभरले इन्स्योरेन्स दिँदैन । उसको सपोट नै छैन । इनड्राइभरले राइडरलाई ट्रेनिङ नै दिँदैन । इनड्राइभरको अफिस पनि छैन । सडकमा हुने व्यापार हो । कुन बेला के हुन्छ भन्न सकिँदैन । मूल्य मात्रै सबै कुरा होइन । इनड्राइभरको हकमा धेरै एक्सिडेन्ट भएर रिप्लाइ नआएको, राइडर भागेको सूचनाहरु आएका छन् ।

पठाओ पनि त दुर्घटनामा परेका घट्ना होलान नि ?

यस्ता केसहरु धेरै छन् । ३र४ वटा मात्रै मृत्यु भएका घटना छन् । उहाँहरुले फुल क्लेम पाउनु भएको छ । ६ महिनाअघि ५ लाखको मात्रै बीमा थियो । अहिले १० लाखको बीमा बनाएको छ । डेथ भएकाहरुले पुरा क्लेम पाउनु भएको छ । सानोतिना घटना घटेर क्लेम तिरेको धेरै छन् । अहिलेसम्म ५ सय जनाले फूल बीमा दावी पाइसक्नु भएको छ ।

चितवनपछि अन्य सहरहरुमा सञ्जाल विस्तार गर्ने कुनै योजना छ ?

पक्कै पनि देशभरि नै विस्तार गर्ने योजना छ । अहिलेलाई चितवनमा विस्तार गरिएको छ । चितवनमा संचालनमा आएको एक महिना मात्रै भयो । हामी सुरुवाती चरणमा नै सन्तुष्ट छौं । ब्राण्डमा कुनै कमी छैन । सबैलाई पठाओ भन्ने कुरा के हो भनेर थाहा छ । अब एक्सपेरियन्स र सुरक्षालाई बढाउँदै लैजाने हो ।

चितवनमा पहिला टुकटुकलाई मान्छेहरुले बोलाएर आफ्नो गन्तव्यमा जाने गरेका थिए । त्यसलाई हामीले हाम्रो टेकमा लिएको मात्रै हो । टुकटुक चालकहरु टेक फ्रेन्ड्ली हुनुपर्ने छ । उहाँहरु टेक फ्रेन्ड्ली हुनुहुन्न । उहाँहरु कोसिस गरेर एप चलाउन सिकिरहनु भएको छ । उपत्यका पछि चितवनमा छौं । विस्तारै यसलाई अन्य सहरहरुमा लैजान्छौं ।

कतिपय राइडरको शुल्क बढी भयो भन्ने गुनासो छ नि ?

हामीसँग प्राइस बढी भयो भनेर गुनासो आएको छैन । २० प्रतिशत मात्रै कमिसन हो । त्यो कमिसनबाट नै हामीले कम्पनी संचालन गर्नुपर्ने हुन्छ । कतिपय राइडरलाई त्यो २० प्रतिशत कमिसन फिर्ता पनि दिने गरको छौ । २० प्रतिशत कमसिनबाट कम्पनीलाई सस्टेन गर्नुपर्ने, मार्केटिङ गर्नुपर्ने, टेकमा खर्च गर्नुपर्ने हुन्छ । हामी टिक्ने भनेको नै त्यहि २० प्रतिशत कमिसनबाट नै हो । हाम्रो अन्य आम्दानी केही पनि छैन । फेरि कस्टमरलाई पनि डिस्काउण्ट दिनु पर्ने हुन्छ । यी सबै २० प्रतिशतमा नै जोडिन्छ ।

शुल्क बढी भएका कारण कतिपय राइडरले अफलाइन चलाएको भन्ने छ नि ?

अफलाइनमा राइड नगर्नु भनेर पटकपटक भनिरहेका हुन्छौं । एकछिनको लागि अफलाइन टेक गर्दा राइडर आफै लुटिएको, बाइक लुटेको, राइडरलाई कुटेको केसहरु छन् । केही दिनअघि पनि यस्तै एउटा मृत्यु भएको केस आएको थियो । उहाँले अफलाइन राइड गर्नुभएको थियो । अचानक उहाँको एक्सिडेन्टमा मृत्यु भयो । परिवारले क्लेमको लागि भन्नुभएको थियो । तर सिस्टममा उहाँ हुनुहुन्थेन । यो एकदमै गर्दै नहुने चिज हो । २० प्रतिशतको प्रलोभनमा परेर अफलाइन लिँदा ठूलो घाटा हुन्छ । यसमा राइडर पनि घाटामा हुन्छ अनि कस्टमर पनि घाटामा हुनुहुन्छ । सडकको ब्यापार हो भोलिका दिनमा जे पनि हुन सक्छ ।

पठाओले सहरी यातायातमा कस्तो परिवर्तन ल्याएको छ ?

एउटा टेक्नोलोजी ९एप० बाट बुक गरेर एउटा ठाउँबाट अर्को ठाउँ जाने गर्नु भएको छ । ट्याक्सीमा आउनुभन्दा अघि फिक्स्ड मिटरमा नचलाउने, आफू खुसी रेट तोक्ने गरेका थिए । ट्याक्सी ढोकामा आउँदैन थिए । ट्याक्सी चाहियो भने रोडमा जानुपथ्र्यो वा हिडेको बेलामा पायो भने मात्रै चड्ने अवस्था थियो । हामीले ट्याक्सीमा हाउ मच भन्ने कुरालाई मिनिमाइज गरेर फिक्स्ड गरेर फेयर गरेका छौं । अहिले ढोकामा नै ट्याक्सी आउने गरेका छन् ।

त्यस्तै, एउटा अफिसियल कर्मचारीलाई पार्किङको ठूलो समस्या छ । कहिलेकाँही पार्किङको कार्ड बिर्सिनु हुन्छ । उहाँलाई पार्किङ गर्न असहज हुन्छ । त्यो बेलामा उहाँहरुले राइड लिन सक्नु हुन्छ । त्यसपछि उहाँलाई पाकिङको चिन्ता हुँदैन । कतै जानु पर्यो भने पनि बाइकमा छिटो हुन्छ । जस्तै, दशैंको बेलामा एकदमै भिड हुन्छ । सपिङ जानुपर्ने हुन्छ पार्किङ गर्ने ठाउँ नै हुँदैन । राइड लिएर गयो आफ्नो सपिङ गर्यो राइड लिएर फर्कियो । पार्किङको समस्या भएन । ट्राफिक व्यवस्थापनमा सहज भएको छ । बोलाएको ठाउँमा जाने अलि पार्किङ नगरेर सिधैं बोकेर हिड्ने हो ।

ट्याक्सीमा आउनुभन्दा अघि फिक्स्ड मिटरमा नचलाउने, आफू खुसी रेट तोक्ने गरेका थिए । ट्याक्सी ढोकामा आउँदैन थिए । ट्याक्सी चाहियो भने रोडमा जानुपथ्र्याे वा हिडेको बेलामा पायो भने मात्रै चड्ने अवस्था थियो । हामीले ट्याक्सीमा हाउ मच भन्ने कुरालाई मिनिमाइज गरेर फिक्स्ड गरेर फेयर गरेका छौं । अहिले ढोकामा नै ट्याक्सी आउने गरेका छन् ।

हामीले अर्थतन्त्रलाई पनि चलायमान बनाएका छौं । प्रत्यक्ष रुपमा नदेखिएपनि अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका छौं । जस्तो चितवनमा बेलुका भएपछि यातायात पाउँदैन । कुनै पसल नचाहेर पनि छिटो बन्दु गर्नपर्ने बाध्यता छ । यातायात नहुँदा स्टाफलाई छिटो घर जानु पर्थ्याे । जब हामी चितवनमा २४ घण्टा सर्भिस सुरु गर्यौ । उसले अर्काे २ घण्टा आफ्नो पसल चलाउन पाएको छ । त्यसबाट इकोनोमिकलाई पनि बुस्ट गर्न अप्रत्यक्ष सहयोग हो ।

हामीसँग विभिन्न किसिमका राइडरहरु पनि छन् । चार पाँग्रे, दुई पाँग्रे लगायत गाडीहरु चलाइ रहनु भएको छ । कोरोना महामारीको बेलामा जागिर गुमाउनु परेको साथीहरुले पनि यसबाट आम्दानी गरिरहेका छन् । कोरोनाको बेलामा यहिबाट नै सस्टेन हुनु भयो । कतिपय विदेशबाट फर्केर पठाओ चलाइरहनु भएको छ । धेरै जनाले यहिबाट कमाएर आफ्नो विजनेश सुरु गर्नु भएको छ ।

एउटा राइडरलाई सधैं यसमा घोटेर काम नगर्नुहोस् भन्छौं । यसलाई एउटा ट्रान्जेक्सन जबको रुपमा लिनुपर्छ भनिरहेका छौं । यसलाई एउटा सर्टेन टाइमको लागि मात्रै लिनुस् त्यसपछि आफ्नो काम गर्नुहोस । यसलाई पार्ट टाइम जबका रुपमा लिनुहोस भनिरहेका छौं । पैसा आम्दानी गरेपछि आफ्नो विजनेश सुरु गर्नुहोस भनेर राइडरलाई इनकरेज गरिरहेका हुन्छौं ।

फुड डेलिभरि गर्न साइकल चालकहरुलाई पनि अवसर दिएका छौं । जोसँग बाइक छैन उहाँहरुले महिनाको ५०/६० हजार कमाउनुुहुन्छ । कोही साइकल चलाएर नै बाइक किनेर बाइक सेयरिङ गरिहरनु भएको छ ।

पठाओ चलाएर कोही आत्मनिर्भर वा स्वरोजगार बन्नु भएको छ ?

धेरै जना हुनुहुन्छ । एकजनाले पठाओ चलाएर पैसा कमाउनु भयो । पछि उहाँले साइकल पसल खोल्नु भएको थियो । उहाँले पहिला फुल टाइम गर्नुहुन्थ्यो । धेरै जना स्वरोजगार बन्नु भएको छ ।

कहिलेकाँही ट्याक्सी र पठाओबीच विवाद हुन्छ नि ?

अहिले त केही समस्या छैन । उहाँहरुलाई पनि हाम्रो प्ल्याटफर्ममा स्वागत गरेका छौं । ६ हजार भन्दा बढी ट्याक्सी आवद्ध हुनु भएको छ । हामीसँग आवद्ध हुनु भएका ट्याक्सीले राम्रो कमाउनु भएको छ । उहाँहरुले महिनाको १ लाख माथि नै आम्दानी गरिरहनु भएको छ । उहाँहरुले अरु बेला जे गर्नुहुन्छ त्यो पनि गर्न सक्नुहुन्छ । बाटोमा पाउने ग्राहकलाई पनि उहाँले बोक्नुहुन्छ । त्यो बाहेक पठाओको मात्रै टेक हेर्ने हो भने महिनाको १ लाख माथि नै कमाउनु भएको छ । बाइकले महिनामा ४०/५० हजार कमाइरहनु भएको छ । त्यसैले पठाओ र ट्याक्सी चालकबीच कुनै समस्या छैन ।

फुड डेलिभरि गर्न साइकल चालकहरुलाई पनि अवसर दिएका छौं । जोसँग बाइक छैन उहाँहरुले महिनाको ५०/६० हजार कमाउनुुहुन्छ । कोही साइकल चलाएर नै बाइक किनेर बाइक सेयरिङ गरिहरनु भएको छ ।

हामीलाई करको दायरामा ल्याउनुहोस भनिरहेका छौ । हामीले कति ट्याक्स तिर्नुपर्छ तिर्न तयार छौं ।

केही सुविधा थप्ने योजनामा हुनुहुन्छ ?

फिचरमा नयाँ भर्टिकलहरु आउन सक्छ । अहिलेलाई राइड, ट्याक्सी र फुड मात्रै हो । आगामी योजनामा के आउन सक्छ भनेर फिक्स भएको छैन । जे पनि आउन सक्छ । भविष्यामा कुरियर, पार्टसल आउन सक्छ । अहिले चितवनमा पुगेका छौं । अन्य ठाउँमा पनि जान सक्छौ ।

राइड सेयरलाई व्यवस्थित गर्न सरकारी निकायले के गर्नुपर्छ ?

बाग्मती प्रदेशमा संचालन गर्न केही कठिनाइ छैन । सहज रुपमा संचालन गर्न दिनु भएको छ । अरु प्रदेशमा पनि हामीले कुरा गरिरहेका छौं । मुख्य कुरा राइड सेयरिङ भनेर नियम आएको छैन । छिट्टै नियम आउने अपेक्षा गरेका छौं । अहिलेसम्म कुनै पनि चुनौती छैन । संसारमा चलिरहेको कुरालाई हामीले पनि एसेप्ट त गर्नु पर्याे नि । हामीलाई करको दायरामा ल्याउनुहोस भनिरहेका छौं । हामीले कति ट्याक्स तिर्नुपर्छ तिर्न तयार छौं ।