२०७९ मंसिर १३ गते १४:१० विकासन्युज
काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट र सौर्य उर्जा सेवा सनफार्मर बिच लगानी सम्बन्धी सम्झौता भएको छ । साे समझदारी पत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट अधिकृत राजिव सापकोटा र सनफार्मरका तर्फबाट अधिकृत हरि श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
लक्ष्मी क्यापिटलका अधिकृत राजिव सापकोटाले स्वच्छ ऊर्जामा योगदान पुर्याइरहेको सनफार्मरसँग सहकार्य गर्दै लगानी गर्न पाउँदा गर्व महसुस भएको बताए ।
संयुक्त राज्य अमेरिकामा संचालित कम्पनी सनफार्मरले सन २०१४ देखि नेपालमा ४ सय भन्दा बढि सोलार इनर्जी प्रोजेक्ट सम्पन्न गरीसकेको छ । यस कम्पनीले सौर्य उर्जा संगै स्वास्थ, शिक्षा र कृषिको समेत प्रवर्धन गर्ने उद्देश्यकासाथ हालसम्म ७८ लाख ४२ हजार ७८२ यूनिट स्वच्छ विद्युत उत्पादन गरी सकेकोे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.