२०७९ मंसिर १५ गते १७:२० विकासन्युज
काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकार र नेपाल राष्ट्र बैंकको नीतिविरुद्ध आन्दोलन गर्ने भएको छ । राष्ट्र बैंकले हालै गरेको वर्तमान नीतिहरु विरुद्ध नाडाले चरणवद्ध आन्दोलनको घोषणा गर्न लागेको हो ।
एशोसिएशनले राष्ट्र बैंकको नीतिमा आफ्नो प्रतिक्रिया सार्वजनिक गर्न तथा आन्दोलनको कार्यक्रम घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गर्दै छ ।
सो सम्बन्धमा जानकारी दिन नाडाले मंसिर १६ गते शुक्रबार दिउँसो साढे १२ बजेर काठमाडौंको टेकुस्थित नेपाल उद्योग वाणिज्य महासंघमा प्रत्रकार सम्मेलन गर्ने भएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.