अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रसँगै राखेर अर्थतन्त्र सुधार गर्छु : प्रधानमन्त्री प्रचण्ड

  २०७९ पुष १२ गते ११:०३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । मंगलबार उद्योगी व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को पहिलो बैठकले अर्थतन्त्रको पुनरूत्थान पहिलो प्राथमिकता रहेको विशेष निर्णय गरिसकेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले महासंघले दिएका सुुझाव अध्ययन गरेर आवश्यक निर्णय गर्ने बताए । यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई राखेर छिट्टै समस्या समाधानका लागि पहल गर्ने बताए ।

‘महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनुु भयो, त्यही विषयमा तपाईहरु चिन्तित हुनुुहुन्छ र समस्या समाधानका लागि भनिरहनुु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ, अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई मैले सम्मान गरेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसाय संचालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालुपू“जी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्नुपर्ने बताए । साथै उनले हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव दिए । मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नयाँ सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाले बताए ।

‘अर्थतन्त्रमा वहुुआयामिक असर परेको छ, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन सकेन, विशेष गरी समग्र बैकिङ समस्याका कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेका छन्, उद्योगीहरु बाध्य भएर सडकमा आउने परिस्थिति बनेको छ, समाधान गर्नुपर्याे,’ अध्यक्ष गोल्छाले भने ।

अध्यक्ष गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा निजी क्षेत्रले गरेको बताए । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको, मुल्यवृद्धि ७ बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै अहिले संकुचित हुदै गएको उनको भनाइ छ ।