सीमा क्षेत्रमा अवैध आयात र व्यापारमा कडाइ गर्न महासंघको आग्रह

  २०७९ पुष १२ गते १६:५०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मेला महोत्सवको आवश्यक सहयोगको व्यवस्था मिलाउन गृहमन्त्रीलाई आग्रह गरेको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई भेटेर नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले जिल्लामा हुने औद्योगिक व्यापारिक मेला महोत्सवको आयोजना उद्योग वाणिज्य संघहरूले गर्नका लागि सहयोग गर्न आग्रह गरेको हो ।

महासंघका अध्यक्ष गोल्छाले मुुलुकको उद्योग व्यवसाय र अर्थतन्त्रका विविध पक्षमाथि व्रिफिङ गरेका थिए ।

‘महासंघ तथा जिल्ला/नगर उद्योग वाणिज्य संघ, वस्तुुगत संघका पदाधिकारी एवं कार्य समितिका सदस्य उद्योगी व्यवसायीको मर्यादाक्रमको उचित प्रवन्धका लागि अनुरोध छ, सिमाक्षेत्रबाट हुने अवैध आयात/व्यापार नियन्त्रणमा कडाइ गर्न आग्रह छ, शान्ति सुरक्षा कायम गर्नु पर्याे,’ उनले भने ।

गृहमन्त्री लामिछानेले देशका लागि अर्थतन्त्र, उद्योग व्यवसायको महत्वलाई आफूले राम्रोसँग मनन गरेको बताएका छन् । महासंघले राखेका सुुझावलाई आफूले गम्भीरतापूर्वक अध्ययन गरी कार्यान्वयनमा ल्याउने उनले बताए ।