२०७९ पुष १३ गते १५:५० विकासन्युज
काठमाडौं । बैंकको चर्काे ब्याजदरको विरोधमा आन्दोलन गर्दै आएका व्यवसायीले आन्दोलन स्थगित भएको जनाएका छन् । बुधबार नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलसँगको वार्तापछि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित भएको बताएका हुन ।
बैंकको चर्को ब्याजदरको विरोधमा आन्दोलनरत सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायी आन्दोलन रोकेर अर्थमन्त्री पौडेलले बोलाएपछि काठमाडौं आएका थिए ।
अर्थमन्त्री पौडेलसँग बुधबार भएको वार्तासँगै आन्दोलन स्थगित भएको एक व्यवसायीले जानकारी दिए । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणको नेतृत्वमा अर्थमन्त्री पौडेल, राष्ट्र बैंकका गभर्नर महासप्रसाद अधिकारीसहित उद्योगी व्यवसायीहरूको वार्ता भएको थियो ।
व्यवसायीसँग मन्त्री पौडेलले पुस महिनाभित्र सबै माग सम्बोधन गर्ने आश्वासन पाएपछि आन्दोलन स्थगित भएको व्यवसायीहरुले बताएका छन् ।
यसअघि उद्योगी व्यवसायीहरूका प्रतिनिधिमूलक संस्थाका प्रतिनिधिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अर्थमन्त्री पौडेलसँग मंगलबार पनि भेटेर आफ्ना माग तथा सुझाव राखेका थिए।
Copyright © 2025 Bikash Media Pvt. Ltd.