नाडेप लघुवित्तको प्रस्तावित लाभांशमा राष्ट्र बैंकको अंकुश

  २०७९ फागुन १ गते १६:१३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नाडेप लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशमा अंकुश लगाएको छ । बैंकले लघुवित्तले प्रस्ताव गरेको १०.५२६ प्रतिशत लाभांश वितरणमा प्रतिवन्ध लगाएको हो ।

राष्ट्र बैंकले नाडेप लघुवित्तलाई अन्य कुनै वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशनमा नगएसम्मको लागि लाभांश वितरणमा रोक लगाएको हो । यसअघि संस्थाले डिप्रोक्स लघुवित्त वित्तीय संस्थासँग प्राप्तिसम्बन्धी सैद्धान्तिक सम्झौता गरेको थियो । तर, उक्त सहमति वदर भएसँगै राष्ट्र बैंकले लघुवित्तलाई लाभांश वितरणमा रोक लगाएको हो ।

लघुुवित्तले गत माघ १८ गते सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी ४८ करोड ५७ लाख रुपैयाँ छ ।