२०७९ फागुन २ गते १८:४५ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले टर्कीका भुकम्प पीडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । टर्कीमा गएको विनासकारी भुकम्पबाट प्रभावित जनताहरूलाई सहयोग पुगोस भन्ने उद्देश्यले राहत सामाग्री हस्तान्तरण गरेको महासंघले जनाएको छ ।
महासंघले उक्त राहत सामाग्री गृह मन्त्रालय तथा राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको त्रिभुवन विमानस्थलस्थित मानवीय सहायता स्थललाई सहायता सामग्री हस्तान्तरण गरेको हो ।
महासंघले ज्याकेट, टाउजर, स्लीपीङ व्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लव्स, व्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर र आइभी सेट लगायतका राहत सामाग्री पठाएको जनाएको छ ।
उक्त राहत सामाग्रीहरुमा रसायन तथा मेडिकल आपूर्ति संघ नेपालले पनि सहयोग गरेको छ । महासंघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राकृतिक विपत्तिमा परेका जनताको लागि अग्रभागमा रहेर मानवीय सहायता गर्दै आएको बताएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.