२०७९ फागुन १० गते १२:३५ विकासन्युज
काठमाडौैं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले आफुले आगामी चैतमा हुने महासंघको निर्वाचनमा जित्नेमा ढुक्क रहेको बताएका छन् । उनले आफु वरिष्ठ उपाध्यक्षको उम्मेदवार रहेको र अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको पनि साथ रहेकोले जित्नेमा ढुक्क भएको बताएका हुन् ।
नेपालको प्रतिष्ठित व्यापारिक घराना ‘त्रिवेणी ग्रुप’का सञ्चालक सकेत रहेका उनले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
‘मलाई उद्योगी–व्यवसायी साथीहरूले नै निर्वाचनमा उठ्नका लागि प्रेरित गरिरहनुभएको छ, हिजो म उपाध्यक्ष निर्वाचित हुँदाको टिम पनि मसँग छ, महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि मलाई सद्भाव छ, हिजो र आजको यो संयन्त्रका कारण पनि म बलियो छु भन्ने मलाई लाग्छ,’ उनले भने ।
यस्तै, उनले निर्वाचनका लागि आफु विभिन्न जिल्ला पुगेको बताउँदै व्यवसायीसँग तयारी पनि राम्रो भइरहको बताए । महासङ्घले तयार पारेको भिजन पेपरलाई नै कार्यान्वयन गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.