२०७९ फागुन १० गते २१:०९ विकासन्युज
काठमाडौं । कृषि विकास बैंकको अध्यक्षमा पूर्व सचिव पुडासैनी नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले पूर्व राजस्व सचिव रामशरण पुडासैनीलाई अध्यक्षमा नियुक्त गरेको हो ।
बैंकको बसेको सञ्चालक समितिको बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको सञ्चालक समिति सदस्य सन्जीव पौडेलले विकासन्युजलाई जानकारी दिए । उनका अनुसार अर्थमन्त्रालले पुडासैनीलाई बैंकको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो ।
पुडासैनी गत साउनमा सेवाबाट निवृत्त भएका थिए । अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर उनी गत साउन २४ गते सेवानिवृत्त भएका हुन् । नेपालको अर्थतन्त्र सुधारमा पुडासैनीको ठूलो योगदान रहेको छ ।
२०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरी २५ वर्ष अर्थमन्त्रालयमा कार्यरत थिए । पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा बसेर काम गरेको अनुभव छ । निजामति सेवामा ३३ वर्ष विताएका पुडासैनी ५८ वर्षे उमेर हदका कारण साउन २४ गते सेवानिवृत्त भएका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.