तीन लघुवित्तको सेयरमा सकारात्मक सर्किट

  २०७९ फागुन १६ गते १५:१८     विकासन्युज

काठमाडौं । मंगलबार तीन लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार मंगलबार आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

आँधीखोला लघुवित्तको सेयर मूल्य ९५ रुपैयाँ, आदर्श लघुवित्तको १३७.५० रुपैयाँ र आदर्श लघुवित्तको १०२.९० रुपैयाँले सेयर मूल्य बढेर सर्किट लागेको हो ।

नेप्सेको अनुसार आज सेयर बजार ३.८१ अंकले घटेर २०१९।७३ विन्दुमा पुगेको छ । आज ३९ लाख कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य ८ अङ्कले ओरालो लागेर तीन सय ८१ दशमलव ९३ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहको सेयरमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।

कारोबारका आधारमा युनिभर्सल पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको सात करोड ५५ लाख ११ हजार पाँच सय ८४ बराबरको कारोबार भयो ।

यस्तै, शिवम् सिमेन्ट छ करोड ५० लाख ६९ हजार नौ सय ८९, सानिमा माई हाइड्रोपावर छ करोड ४६ लाख १३ हजार नौ सय ७७, नेपाल पूर्वाधार बैंक तीन करोड ७६ लाख २४ हजार पाँच सय ७६ र हिमालयन डिस्टिलरी तीन करोड ४४ लाख ६० हजार आठ सय १९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

यस्तै, सिद्धार्थ इन्स्योरेन्स छ दशमलव १४, सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच दशमलव ७६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्स तीन दशमलव ८५, राप्ती हाइड्रो तीन दशमलव ८४, सामलिङ पावर तीन दशमलव ७९, तारागाँउ रिजेन्सी होटल तीन दशमलव ७८, स्वाभिमान लघुवित्तका लगानीकर्ताले तीन दशमलव २९ प्रतिशतले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.