२५५ प्रतिशतसम्म प्रतिफल दिने प्रभु स्मार्ट फण्ड आजदेखि बिक्री खुला

  २०७९ फागुन १८ गते ६:४६     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले आज फागुन १८ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गरेको हो । १० वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखि योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका ८ करोड इकाईमध्ये कोष प्रबद्र्धक प्रभु बैंकका लागि १४ प्रतिशत अर्थात् १ करोड १२ लाख इकाई, योजना व्यवस्थापक प्रभु क्यापिटलका लागि १ प्रतिशत अर्थात् ८ लाख इकाई र सर्वसाधारणका लागि ६ करोड ८० लाख इकाई छुट्याइएको छ ।

क्यापिटलको उक्त फण्डमा छिटोमा फागुन २३ गते र ढिलोमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्डको फण्ड निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

फण्डले लगानी गरेपछि १० वर्षको अवधिमा करिब २५५ प्रतिशतसम्म प्रतिफल दिने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.