आज यी २ लघुवित्तको सेयर खरिद गरे लाभांश पाइने

  २०७९ फागुन १८ गते ७:३१     विकासन्युज

काठमाडौं । बिहीबार २ वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सपोर्ट लघुवित्त र डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

साधारणसभा तथा लाभांश प्रयोजनार्थ सपोर्ट लघुवित्त लघुवित्तले फागुन २१ गते र डिप्रोक्स लघुवित्तले फागुन ३ गते बुकक्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्नेछन् ।

सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद गरी कूल ११.५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न ८ औँ बार्षिक साधारणसभा चैत ४ गते दुर्गा पार्टी प्यालेस इटहरी सुनसरीमा बिहान ९ः३० बजे बोलाएको छ ।

यस्तै, डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ११.०५२६ प्रतिशत नगद गरी कूल २०.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले २१ औं वार्षिक साधारण सभा फागुन ३० गते सौराहा, चितवनमा बिहान ११ बजे बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.