२०७९ चैत २७ गते १६:०९ विकासन्युज
काठमाडौं । लुम्बिनी विकास बैंकले ललितपुरको गोदावरीमा नयाँ एटीएम खोलेको छ । देशका विभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले विकास बैंकले चैत २७ गते उक्त एटीएमको उद्घाटन गरेको हो ।
बैंकले गोदावरीको लेले एक्सटेन्सन काउन्टरबाट एटीएमको सेवा शुरु गरेको हो । जसले स्थानीय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पुर्याउन पहल गर्ने बैंकले बताएको छ ।
उक्त एटीएमको उद्घाटन विकास बैंकका मुख्य प्रबन्धक दिपक खनालले गरेका थिए । साथै, कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. ०५ का वडा अध्यक्ष मलन सिलवालले गरे ।
नयाँ एटीएम सञ्चालनमा आएसँगै बैंकको विभिन्न स्थानहरुमा गरी जम्मा २० वटा एटीएम सञ्चालनमा रहेका छन् । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.