इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित बनाउन संघले गर्यो ५ निर्णय

  २०७९ चैत २७ गते १६:२७     विकासन्युज

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित बनाउने भएको छ । इन्टरनेट सेवा प्रदायकहरुका अध्यक्ष, बोर्ड सदस्य, प्रमुख कार्यकारी निर्देशक सहितको छलफलमा संघले सेवा प्रदायक क्षेत्रलाई थप व्यवस्थित बनाउन विभिन्न निर्णयहरु गरेको हो ।

सेवा प्रदायहरुबीच भएको उक्त छलफलपछि विभिन्न ५ वटा निर्णय गरिएको छ । जसमा नेपाल सरकारले लिएको डिजिटल फाउन्डेसनको लक्ष्यलाई आत्मसाथ गरी विश्व मापदण्ड अनुसार सेवा गुणस्तरमा सुधार गर्दै जानेदेखि इन्टरनेट सेवा र यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र गरिमामय बनाउन इन्टरनेट सेवा प्रदायकहरुले हातेमालो गर्दै अघि बढ्ने रहेको छ ।

त्यस्तै, यी निर्णय कार्यानव्यन गर्नका लागि इन्टरनेट सेवा प्रदायकहरुले आवश्यक कार्य गर्ने/गराउने र यसका लागि सम्पूर्ण आवश्यक तयारी गर्ने, एसओपी निर्माण, प्रक्रियागत सुधार लगायतका आवश्यक कार्यहरु गर्ने संघले जानकारी गराएको छ ।

त्यसैगरी, नेपाल दूरसंचार प्राधिकरण र नेपाल सरकारको सम्बन्धित निकायसँग इन्टरनेट क्षेत्रलाई व्यवस्थित बनाउनका लागि आवश्यक छलफल/हातेमालो/सहकार्य गर्दै जाने निर्णय भएको छ ।