२०७९ चैत २८ गते १२:२९ विकासन्युज
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्र बिना सरकारले काम गर्न नसक्ने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
‘निजी क्षेत्रको सहयोग बिना सरकारले काम गर्न सक्दैन, निजी क्षेत्रका सबै समस्या समाधान गर्न सरकार तयार रहेको छ’, उनले भने- ‘देशलाई समृद्धिमा लैजान हातेमालो गर्न तयार छु ।’
यस्तै, उनले अहिले देश चुनौतीपूर्ण अवस्थामा पुगेको बताउँदै आयात निर्यातमा ठूलोा ग्याप रहेको बताए ।
उद्योगमन्त्री रिजालले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रको ब्याजदरका कारण निजी क्षेत्रका उद्योगी व्यवसायीलाई समस्या थपिएको भन्दै अर्थमन्त्री र प्रधानमन्त्रीलाई तत्काल ब्याजदर घटाउन आग्रह समेत गरे ।
यस्तै, उनले अहिलेको मन्दीलाईलाई सरकारले हेरेर मात्रै नबस्ने भन्दै काम गरेर देखाउने दाबी गरे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.