२०७९ चैत ३० गते ११:१२ विकासन्युज
काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकिएको छ ।
जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको सबै मत गणाम हुँदा अन्जन श्रेष्ठ अगाडी देखिएका छन् । अन्जनले कुल ११७ मत गणना हुँदा ४७ मत ल्याएका छन् ।
यस्तै, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत ल्याएका छन् ।
जिल्ला नगरतर्फको वरिष्ठ उपाध्यक्षको निर्वाचनमा ३ वटा मत बदर आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.