२०८० वैशाख ३ गते १५:२८ विकासन्युज
काठमाडाैं । इ-कमर्श एप स्मार्ट डोकोले आमाको मुख हेर्ने दिन को अफर सुरु गरेको छ । १९ अप्रिलसम्म चल्ने यस अफरमा ग्राहकहरुले विशेष छुट, गिफ्ट ह्याम्पर र रोमाञ्चक उपहारहरू पाउन सक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरूले स्मार्टडोको वेबसाइट र एपमा मार्फत खरिद गरी ५८ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यसका साथै ६ जना भाग्यशाली ग्राहकले २५ सय रुपैयाँको भौचर, पाल्चा नेवारी किचेन, डी लाइफस्टाइल र मामाअर्थबाट उपहार र पेन्ट ल्यावबाट आमारछोरी सलोन भौचर जित्न सक्नेछन् ।
ग्राहकहरूले ७५० रुपैयाँभन्दा माथिको अर्डरको लागि रिङरोड भित्र ‘फ्री डेलिभरी’ को फाइदा पनि लिन सक्नेछन् । ग्राहकहरूले काठमाडौं उपत्यका बाहिर नेपालका सबै ७७ जिल्लामा फास्ट डेलिभरीको मजा लिन सक्नेछन् ।
स्मार्ट डोकोमा ५० हजारभन्दा पनि बढी सामानहरु उपलब्ध छन, जसमा बेबी केयर, इलेक्ट्रोनिक्स, किराणा समान, स्वास्थ्य, कोभिड र डेंगु आवश्यक वस्तुहरू, सौन्दर्य, घरका सामाग्रीहरु किन्न सकिन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.