सिजी नेटले गर्यो ७ नयाँ शहरमा सेवा विस्तार

  २०८० वैशाख ४ गते ११:३९     विकासन्युज

काठमाडौं । इन्टरनेट र आईपिटिभीका साथ सिजी नेटले  ‘स्पिड दमदार प्राइस शानदार’ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत १३० एमबिपिएस ७९९ रुपैयाँमा, २५० एमबिपिएस १०४९ रुपैयाँमा तथा ३५० एमबिपिएस नेट १२९९ प्रति महिनामा नेटको सुविधाका साथ ल्याएको हो ।

साथै, सिजी नेटले आफ्ना प्रयोगकर्तालाई तीन लाख रुपैयाँ सम्मको दुर्घटना बीमा र सिजीका घडी, इयरफोन लगायत अन्य अरु घरायसी सामाग्रीको खरिदमा ३५ प्रतिशतसम्मको डिस्काउन्ट अफर लिएर आएको छ ।

सिजी नेट जोडेर प्रयोगकर्ताहरुले चार लाख नेपाली रुपैयाँ बराबरको यी सबै सुविधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन् । काठमाडौंको भव्य सफलतापछि विराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान तथा दुहबीसम्म आफ्नो सुविधा पुर्याउने योजनाका बनाएको यस कम्पनीले पछिल्ला केहि महिनामा आफ्नो सेवा योजना गरेका सम्पूर्ण ठाउँहरुमा पुर्याइसकेको छ ।

वैशाख ३ गते पोखरामा भव्य उद्घाटन गर्दै सिजी नेटले हालका लागि आफ्नो विस्तार यात्रा टुङ्ग्याएको छ । २०८० वैशाख ३ गते पोखरा सहरमा भव्य उद्घाटन समारोह र र्‍यालीको आयोजना गर्दै सिजी नेटले पोखरामा आफ्नो आगमनको उद्घोष गरेको हो ।

१३० एमबिपिएस नेटलाई जनतामाझ सबैभन्दा सस्तो मूल्य ७९९ रुपैयाँप्रति महिनामा ल्याउने नेपालकै पहिलो कम्पनी सिजी नेट अत्याधुनिक प्रविधिको प्रयोगबाट सस्तो र भरपर्दो इन्टरनेट सेवामार्फत देशलाई संसारसँग जोड्ने उद्देश्यका साथ नेपालका विभिन्‍न स्थानहरुमा आफ्नो सेवा बिस्तार गरिरहेको छ ।

सस्तो र भरपर्दो इन्टरनेट खोज्‍ने नेपालीहरुका लागि यो एउटा सुवर्ण मौका हो । आगामी दिनहरुमा अझै बढी सहर र देशका कुना–कुनासम्म आफ्नो सुविधा पुर्याउनका लागि बिस्तारका नयाँ योजना लिएर आउने सिजीनेटले बताएको छ ।

कम्पनीका सीईओ भन्छन्– ‘आठ नयाँ स्थानमा सेवाहरूको विस्तार गर्न पाउँदा हामी निकै उत्साहित बनेका छौं, आजको संसारमा खाँचो पर्ने भरपर्दो इन्टरनेट सुविधाको पहुँचको महत्त्व बुझ्छौं र त्यसलाई सकेसम्म धेरै भन्दा धेरै मानिसहरूलाई उपलब्ध गराउन चाहन्छौँ । भरपर्दो ग्राहक सेवाका साथ–साथै किफायती दरमा उच्च गतिको इन्टरनेट प्रदान गर्ने कुरामा हामी प्रतिबद्ध छौँ ।’

आफ्ना ग्राहकहरूलाई सबैभन्दा उत्कृष्ट इन्टरनेट सेवाहरू उपलब्ध गराउन सिजीनेट प्रतिवद्ध छ । यी नयाँ स्थानहरूमा गरिएको सेवाको विस्तार त्यही प्रतिबद्धताको प्रमाण हो ।

सिजीनेटको यो सेवा विस्तार आफ्ना विद्यमान ग्राहकहरूलाई उपलब्ध गराउँदै आएको उच्च गुणस्तरको इन्टरनेट सेवालाई नयाँ ग्राहकहरु समक्ष पनि पुर्याउने एउटा बलियो प्रयास भएको कम्पनीले जनाएको छ ।