२०८० वैशाख १४ गते ७:४८ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमको लागि सुझाव दिन आग्रह गरेको छ ।
बोर्डले धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धि नीति तथा कार्यक्रमको लागि सल्लाह तथा सुझाव आह्वान गरेको हो ।
बोर्डले सम्बन्धित सबै सरोकारवालाहरुसँग बजारको विकास, विस्तार,तथा सुधारको लागि सल्लाह तथा सुझाव दिन अनुरोध गरेको हो ।
बोर्डले बैशाख मसान्तभित्र आफ्नो सुझाव research@sebon.gov.np मा पठाउन आग्रह गरेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.