मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बानेश्वरको ‘दृश्य लाउन्ज’ मा छुट

  २०८० वैशाख २५ गते १४:५४     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले बैंकका ग्राहकहरुलाई नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’ मा विशेष छुट दिने भएको छ ।

मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’ सँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

उक्त्त सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले नयाँ बानेश्वरको ‘दृश्य लाउन्ज’ मा फुड एण्ड बेभरेजमा विशेष १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.