२०८० जेठ २१ गते १२:४२ विकासन्युज
काठमाडौं । काठमाडौं वर्ल्ड स्कुलमा ‘द प्रिन्सिपल वर्कसप’ कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न वर्कसप स्कुलले सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा सम्पन्न गरेको हो । वर्कसपमा प्रश्नपत्र छपाईमा हुने कमजोरी र त्यसको समाधानका बारेमा छलफल गरिएको थियो ।
सो अवसरमा सूर्ययविनायक नगरपालिकाका उपमेयर सरिता तिमल्सिना भट्टराईले शिक्षा प्रणालीलाई सबल बनाउन सबैजना गम्भिर हुनुपर्ने, नेपाली शिक्षालाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य बनाउनु पर्नेमा जोड दिएकी थिइन् ।
वर्कशपमा विभिन्न विद्यालयका प्रिन्सिपलहरुका साथै काठमाडौं वर्ल्ड स्कूलका प्रिन्सिपल केशर खुलाल, अध्यक्ष मिथिलेसकुमार झा, सूर्ययविनायक नगरपालिकाका उपमेयर सरिता तिमल्सिना भट्टराई लगायत अन्य वडाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.