२०८० जेठ २२ गते १६:३१ विकासन्युज
काठमाडौं । सिबिएम कलेजले ५ हजार वृक्षरोपण गर्ने प्रतिबद्धता जनाएको छ । कलेजले ५० औं विश्व वातावरण दिवसका अवसरमा यस्ताे प्रतिवद्धता जनाएकाे हाे ।
विश्व वातावरण दिवसकाे अवसर पारेर कलेजको मातहतमा रहेको सामाजिक क्लब ‘हाम्रो आरम्भ’ले एक शिक्षक, एक विरुवा कार्यक्रम आयोजना गरी हरेक शिक्षकलाई विरुवा हस्तान्तरण गरेको थियो ।
कलेजका प्रिन्सीपल सुमन न्यौपानेले वातावरण दिवसमा मात्रै नभएर अन्य दिनमा पनि वृक्षरोपण गर्ने बताएका छन् । कार्यक्रममा हरेक विद्यार्थीहरुलाई हरियो रिबन प्रदान गरिएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.