मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

  २०८० जेठ २५ गते ११:२०     विकासन्युज

महेन्द्रनगर । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय डा साहको आज बिहान निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए । उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो ।

उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत थिए । डा. साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।